समाचार
आव २०८१/८२ को बार्षिक नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम गाउँसभामा पेशः हेर्नुहोस पूर्णपाठ
सिद्ध कुमाख गाउँपालिकाको १५ औ गाउँसभाको पहिलो बैठक सम्पन्नः
१. गाउँसभाका सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष भरत गिरी द्वारा आव २०८१/८२ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुतः शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारी सिर्जनालाई पहिलो प्राथमिकता
२. उपाध्यक्ष राम बहादुर बस्नेत द्वारा आव २०८१/८२ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुतः उपाध्यक्ष द्वारा पेश भएको आव २०८१/८२ को बजेट ३१ करोड ७५ लाख ७२ हजार ३ सय २ रुपैया रहने अनुमान गरिएको छ । जसमा चालु खर्च तर्फ २५ करोड ३१ लाख ७९ हजार ३ सय २ रुपैयाँ अर्थात कुल बजेटको ७६.५७ प्रतिशत र पुजिगत खर्च तर्फ ७ करोड ४३ लाख ९३ हजार अर्थात कुल बजेटको २३.४३ प्रतिशत बिनियोजन गरिएको छ ।
३. आज पेश गरिएको आव २०८१/८२ को बार्षिक नीति तथा कार्यक्रम, बार्षिक बजेट तथा कार्यक्रम, अर्थ सम्वन्धि व्यवस्था गर्न बनेको आर्थिक ऐन, २०८१ मा दफावार छलफल हुनेगरी १५ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न भएको छ ।