FAQs Complain Problems

ग्रामीण अल्ट्रासाउन्ड RUSG (भिडियो एक्स-रे) कार्यक्रम को उद्घाटन सिद्ध कुमाख गाउँपालिकाको वडा नं १ अन्तर्गत स्वास्थ्यचौकी बाँझकाडाबाट

ग्रामीण अल्ट्रासाउन्ड RUSG (भिडियो एक्स-रे) कार्यक्रम सिद्ध कुमाख गाउँपालिका वडा नं १ स्वास्थ्य चौकी बाँझकाँडामा आजका मितिदेखी सुरु गरिएको छ।

ग्रामीण अल्ट्रासाउन्ड RUSG (भिडियो एक्स-रे) कार्यक्रम को उद्घाटन गर्दै सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष श्री भरत गिरीले गर्भवती महिलाको स्वास्थ्यलाई बिशेष ध्यानमा राख्दै जिल्ला अस्पताल तथा टाढा जानुपर्ने समस्या भएकोले स्वास्थ्यचौकीमै यो निशुल्क सेवा संचालन गरिएको हुँदा सबैले लाभ लिन आग्रह गर्नु भयो ।

वडा नं १ का वडा अध्यक्ष रमेश चलाउने को अध्यक्षतामा सुरू भएको कार्यक्रममा स्वास्थ्य शाखा बाट सि.अहेव सरिता कु रेउले,अनमी समिक्षा बुढाथोकी लगायत महिला स्वास्थ्य स्वयं सेविका र गर्भवती महिलाहरुको उपस्थिति रहेको थियो।

उद्घाटनको दिन आज ४० जना गर्भवती महिला हरुले निःशुल्क भिडियो एक्स-रे सेवाको लाभ लिनुभएको छ।

ग्रामीण क्षेत्रका गर्भवती महिला हरुका लागि लक्षित गरि संचालन गरिएको यस कार्यक्रम मार्फत मातृ तथा शिशु मृत्यु दरलाई न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।

यो कार्यक्रम गाउँपालिकाका ५ वटै वडाका स्वास्थ्य संस्थाबाट संचालन हुने भएको छ।

आर्थिक वर्ष: