FAQs Complain Problems

सिद्ध कुमाख गाउँपालिकाकाे अायाेजनामा सञ्चालित महिलाहरूलाइ कृष्टलका गहना वनाउने १० दिने तालिम र युवा उद्यमशिलता तथा स्वराेजगार सम्वन्धि २ दिने तालिम समापन

यस  सिद्ध कुमाख गाउँपालिका ढाेरचाैर सल्यानकाे अायोजनामा सञ्चालित महिलाहरूलाइ कृष्टलका गहना वनाउने १० दिने तालिम अाज समापन भएकाे छ । वरिष्ठ  उद्याेग  विकास अधिकृत प्रदिप न्याैपाने काे प्रमुख अातिथ्यता तथा यस गाउँपालिकाका अध्यक्षकाे सभाध्यक्षतामा तालिमकाे समापन गरिएकाे थियाे ।  १०  दिनसम्म सञ्चालन भएकाे तालिममा २५ महिला दिदीवहिनीहरू सहभागि रहनुभएकाे थियाे भने  बरिष्ठ प्रशिक्षक कमला सुवेदीले प्रशिक्षण दिनुभएकाे थियाे । समापन कार्यक्रममा वाेल्दै बरिष्ठ उद्याेग  विकास अधिकृत न्याैपाने ले यस गहना वनाउने तालिमलाइ व्यवहारमा लागु गरेर व्यवसायी रूपमा अगाडी वढ्न जाेड  दिनुभएकाे थियाे । तालिममा सहभागी सवैलाइ  प्रमाण पत्र दिएर सम्मान गरिएकाे थियाे । यसै गरि जिल्ला युवा समिति सल्यान, राष्ट्रिय युवा परिषद काठमाडाै काे अायाेजना र सिद्ध कुमाख गाउँपालिकाकाे सहयाेगमा युवा उद्यमशिलता तथा स्वराेजगार सम्वन्धी २ दिने तालिम पनि अाजै समापन भएकाे छ । तालिममा २५ जना भन्दा वढी युवा हरू सहभागिरहनु भएकाे थियाे ।  हिजाेकाे तालिममा नागरिक सराेकार मञ्चका संयाेजक रूपलाल भण्डारी र अाजकाे तालिममा गैर सरकारी संस्था सल्यानका अध्यक्ष दिपेन्द्र प्रकाश डिसिले प्रशिक्षण दिनुभएकाे थियाे । तालिममा युवा स्वराेजगार, दिगाे  विकास, राेजगारका अवसर सम्वन्धी  सिकाइएकाे थियाे । तालिम समापनमा अाफ्नाे भनाइ राख्दै गाउँपालिका अध्यक्ष चित्र वहादुर चलाउनेले समाज  युवाहरूले तालिम  सिकेर व्यवसायिक रूपमा गर्नुपर्नेमा जाेड दिनुभयाे ।

आर्थिक वर्ष: