समाचार
शैक्षिक सत्र २०७६ को कक्षा ८ को बार्षिक परिक्षाफल प्रकाशित
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले सञ्चालन भै रहेको कक्षा ८ को परिक्षा विचैमा स्थगित भएको थियो । जारी लगडाउन र संक्रमणको जोखिमलाई मध्यनजर गरी परिक्षा भएका अनिवार्य विषयको मुल्यांकन र परिक्षा हुन बाँकी रहेका विषयहरुको आन्तरिक मुल्यांकन द्वारा नतिजा प्रकाशन गरिएको छ । परिक्षामा ७ वटा विषयमा वा सो भन्दा वढी विषयमा डि प्लस ल्याएमा कक्षा ९ मा भर्ना लिन सकिने व्यहोरा समेत शिक्षा मन्त्रालयको परिपत्र अनुसार अनुरोध छ । यो व्यवस्था यस वर्षको लागि मात्र हुनेछ । विद्यालयगत मार्कलेजरको लागि गाउँपालिका शिक्षा शाखामा सम्पर्क राख्नुहोला । विद्यार्थीको व्यक्तिगत विवरणमा कुनै फरक परेको भए १ हप्ता भित्र सच्याउन विद्यालयले निवेदन सहित पेश गर्नुहोला ।