FAQs Complain Problems

विद्यालय नगए ५ रुपैँया तिर्नुपर्ने

विद्यालयमा अनुपस्थित हुने विद्यार्थीहरु लाई सल्यानको सिद्ध माध्यमिक विद्यालयले रुपैँया तिर्नुपर्ने व्यवस्था राखेको छ ।

विद्यालयमा विद्यार्थीहरु नियमित रुपमा आउन र पठनपाठन प्रभावकारी होस भन्ने उदेश्यले यस्तो गरिएको विद्यालयले जनाएको छ । सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ फूलबारी भँडारेमा रहेको सिद्ध माध्यमिक विद्यालयका विद्यार्थीहरुले आफु विद्यालयमा अनुपस्थित भए पछि रुपैँया तिर्दै आएका हुन् ।

अहिले बिद्यालयमा अनुपस्थित भएमा प्रतिदिनको ५ रुपैँया तिर्ने गरेको कक्षा ९ मा अध्ययनरत बिद्याथी हेमराज चलाउनेले बताउनुभयो । उहाँले घरमा अतिआबश्यक काम परेको खण्डमा बिद्यालयमा उपस्थित नहुने बारेमा निबेदन दिनुपर्ने बताउनुभयो । ‘यदि बिद्यालयमा जानकारी नगराएर कुनै बिद्यार्थी बिद्यालयमा आएन भने उस्ले प्रति दिनको ५ रुपैँयाका दरले तिर्नु पर्छ’ —उहाँले भन्नुभयो ।

यस बिद्यालयमा २ सय बढी बिद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । गत जेठ महिना देखी यस्तो नियम लागु गरिएको हो । अहिले विद्यालयमा पढ्ने कक्षा २ देखी १० सम्मका विद्यार्थीहरुले आफू विद्यालयमा अनुपस्थित भएमा ५ रुपैँया तिर्दै आएका छन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लाई निमित बनाउन र शैक्षिक सुधारको लागी यो नियम लागु गरिएको बिद्यालयका प्रधानाध्यापक गोविन्द चलाउनेले बताउनु भयो । उहाँले यसरी उठेको रुकमले जेहेन्दार विद्यार्थीलाई पुरुस्कृत गरिने बताउनु भयो । साथै बाँकी रहेको रकमले प्रत्येक कक्षामा फिल्टर जडान गर्ने लक्ष्य रहेको छ ।

यस बिद्यालयमा बिद्युत्तिय हाजिरी पनि जडान गरिएको छ । अहिले बिद्यालयमा बिद्यार्थी र शिक्षक नियमित आउने र पठनपाठन पनि प्रभाबकारी बन्दै गएको बिद्यालय स्रोतले जनाएको छ ।

आर्थिक वर्ष: