FAQs Complain Problems

१५ अाैं निजामती सेवा दिवसको अवसरमा

सिद्ध कुमाख गाउँपालिका निजामति कर्मचारीहरूकाे अायाेजनामा "नतिजामुखी प्रशासन, समृद्धि र सुशासन" भन्ने मुल नाराका साथ १५ अाै निजामती सेवा दिवस मनाइएकाे छ । सिद्ध कुमाख गाउँपालिकाका स्वास्थ्य प्रमुख सुरेन्द्र प्रशाद यादवकाे सभाध्यक्षतामा सुरू भएकाे कार्यक्रममा प्रमुख अतिथि सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने र विशिष्ट अतिथि २ नं. वडाका वडाध्यक्ष रूद्र बहादुर बुढाथाेकी रहनुभएकाे थियाे । कार्यक्रममा यस सिद्ध कुमाख गाउँपालिका क्षेत्र भित्र रहेर उत्कृष्ट कार्य सम्पादन गर्ने २ जना कर्मचारीहरूलाइ नगत पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियाे । उत्कृष्ट हुने कर्मचारीमा वडा नं. २ का वडा सचिव श्री कृष्ण बहादुर चलाउने र ५ नं. वडाका कास तिलाराम खड्का रहनुभएकाे थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि चित्र बहादुर चलाउनेले निति निर्माण गर्ने जनप्रतिनिधि भएपनि त्यसको कार्यान्वयन गर्ने बलियो शक्ति कर्मचारीनै भएकाे हुदा कर्मचारीहरूले अाफुलाइ खदिलो भएर काम गर्नुपर्ने र जनताले महशुस गर्नेगरी नतिजामुखी, पारदर्शि काम गर्नुपर्ने बताउनु भयो । त्यस्तै २ नंं वडाध्यक्ष रूद्र बहादुर बुढाथोकीले निजामति कर्मचारी स्थायी सरकार भएकाे जनाउनु भयो । सम्माणित हुनु भएका वडा सचिव चलाउनेले पनि अाफ्नाे कामको गाउँपालिकाले मुल्यांकन गरेकोमा खुशि व्यक्त गर्नुभयो र अागामी दिनमा सवै कर्मचारीहरू उत्कृष्ट कार्य सम्पादन गर्न समेत अाग्रह गर्नुभयो ।कार्यक्रममा स्वागत मन्तव्य स.म.वि.नि. विमला खत्रीले राख्नु भएकाे थियाे भने कार्यक्रमकाे संचालन कृषि प्रमुख भिमसेन विकले गर्नुभएकाे थियो ।

आर्थिक वर्ष: