सिद्ध कुमाख गाउँपालिकाले आजदेखि लागु हुनेगरी "स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता" सञ्चालनमा ल्याएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारणले दोस्रोपटक लकडाउनको अवधी थपिए सँगै राहत वितरण लगाएत अन्य प्रकोप व्यवस्थापन समेत गर्नुपर्ने हुदाँ छुट्टै कोष खडा गरिएको सिद्ध कुमाख
सिद्ध कुमाख गाउँ कार्यपालिकाको आज मिति २०७६ साल चैत्र २२ गते बसेको बैठकले विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको सम्भावित जोखिमलाइ न्यूनिकरण गर्न र लकडाउनको कारणले दैनिक ज्यालादारी गरेर जिविका निर्वाह गर्ने नागरिकको लागि निम्न निर्णयहरु पारित गरेको छ ।
बिश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोकथाम गर्नको लागि सिद्ध कुमाख गाउँपालिकामा २५ बेडको क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ । भारत लगाएत नेपाल भित्रका विभिन्न जिल्लामा कामको शिलशिलामा गएका सिद्ध कुमाख गाउँपालिकाका नागरिकहरु आउने क्रम जारी रहेको हुदाँ यसरी ब