FAQs Complain Problems

तरकारी खेतीमा 3G प्रविधि

तरकारी खेतीमा 3G प्रविधि

सल्यान जिल्लाको सिद्ध कुमाख गाउँपालिका वडा नं. ३ ढोरचौर मा तरकारी खेतीमा 3G प्रविधि अपनाइएको छ । तरकारी खेती गरिरहनु भएका सुजन व्यवसायिक कृषि फर्मका संचालक कुलाराम रेउलेले सिद्ध कुमाख गाउँपालिका कृषि शाखाको सहयोगमा यो प्रविधि अपनाएको बताउनु भयो ।  कृषि शाखा प्रमुख भिमसेन विकले भन्नु भयो  ×यस प्रविधीमा लौका फुल फुल्नु अगावै यसको मुख्य लहरा १०–१२ पातको भएपछि मुन्टा काटिदिनु पर्छ । यसको मुन्टा हटाइसके पछि तलवाट निस्केका शाखा हाँगाहरू मध्य दुइ वटा जति पाल्ने र वाँकी सवै हाँगाहरू हटाउनु पर्छ । यसरी पालेका हाँगाहरू देस्रो पुस्ता हुन । यी दोस्रो पुस्ताको हाँगारूमा भाले फुलहरू धेरै हुने भएको हुनाले पुनः १०–१२ पात भएपछी मुना हटाउने यसरी मुना हटाइसकेपछि आउने हाँगाहरू तेस्रो पुस्ताका हुन ।  । यसलाइ नै 3G (3rd Generation) Cutting प्रविधि भनिन्छ । यी तेस्रो पुस्ताका हाँगामा माउ फुल धेरै हुने हुँदा प्रत्येक आँख्लाहरूमा फल लाग्छ र सामान्य प्रविधिमा भन्दा दोब्बर उत्पादन लिन सकिन्छ । यसरी पुनः  3G (3rd Generation) हाँगालाइ पनि त्यसरी नै १०–१२ पात पुगेपछि मुना हटाउने हो भने आउने हाँगाहरू चौथो पुस्ताका हुन  । यसलाइ  4G cutting प्रविधि भनिन्छ । यि हाँगाहरूको प्रत्येक आँख्लाहरूमा २ वटा फल लाग्छ र उत्पादन तेब्बर वढी लिन सकिन्छ । यो प्रविधी अपनाउन सके  उहि लागतमा उत्पादन बढाउन सकिने भएकोले  यो प्रविधि पहिलो पटक शुरू गरिएको हो ।" यो प्रविधि  लहरे तरकारी वालिहरू काक्रो, लौका, करेला, घिरौला र भाण्टामा पनि गर्न सकिने  कृषि शाखा प्रमुख विकले वताउनु भयो ।

आर्थिक वर्ष: