FAQs Complain Problems

किसानले पाए ५० प्रतिशत अनुदानमा कृषि सामाग्री

कृषि क्षेत्रलाई आधुनिकिकरण र ब्यबसायिक रुपमा सञ्चालन गर्न सल्यानको सिद्धकुमाख गाउपालिकाले किसानहरुलाई कृषि सामाग्री उपलब्ध गराएको छ । पछिल्लो समयमा कृषि पेशा छाडेर अन्य पेशा अंगाल्नेहरुको संख्या बढ्दै गएको समयमा सिद्धकुमाख गाउपालिकाले गाउपालिका भित्रका किसानहरुलाई ब्यबसायकि कृषि पेशामा आकृषित गर्न ५० प्रतिशत अनुदानमा कृषि सामाग्री उपलब्ध गराएको छ ।
‘सिद्ध कुमाख गाउँबासिको आर्थिक समृद्धिको आधार, आधुनिक र व्यवसायिक कृषि प्रणालीको बिस्तार’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनि ट्रिलर ३ वटा, उन्नत भकारी ४० वटा, कृषि चुन ६.५ मेट्रिक टन, स्प्रे ८ सेट र फुट स्प्रे २ सेट कृषि समुहहरुलाई उपलब्ध गराईएको हो । यस्तै ४० सेट प्लास्टिक घर शतप्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराईएको थियो । त्यस्तै कृषि ईन्जिनियरिङ निर्देशनालय काठमाडौंको ५० प्रतिशत अनुदानमा ५ वटा किसान मिनी ट्रिलर पनि उपलब्ध गराईएको थियो ।
कृषि सामाग्री किसानहरुलाई हस्तान्त्ररण गर्दै गाउपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले अहिलेको युगमा कृषिलाई यान्त्रिकरण गर्दै लैजानुपर्नेमा जोड दिनुभयाे । उहाँले भन्नुभयाे गाउपालिकाले आगामी दिनहरुमा पनि किसानहरुलाई प्रत्यक्ष रुपमा फाईदा पुग्ने खालका कार्यक्रम गाउपालिकाले सञ्चालन गर्नेछ। साथै निर्बाहमुखी कृषि पेशा छोडेर ब्यबसायिक रुपमा नै कृषिपेशालाई अंगाल्न आग्रह गर्नुभयाे ।

आर्थिक वर्ष: