FAQs Complain Problems

गाउँपालिका स्तरीय किशोरीहरूको ७ दिने जीवन उपयोगी तालिम सम्पन्न

सिद्ध कुमाख गाउँपालिका गाउँ कार्यपालिकाकाे अायोजनामा गाउँपालिका स्तरीय किशोरीहरूको ७ दिने जीवन उपयोगी तालिम अाज समापन भएको छ । तालिम पुष २३ गते देखि संचालन भइ पुष २९ गते अर्थात अाज सकिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले किशोरीहरूलाइ भविस्यमा के बन्ने भन्ने कुरा किशोर अवस्थामा ५० प्रतिशत तय भइसकेको हुने वताउनु भयो । साथै अाफुले भविस्यमा गर्न सक्ने र गर्न चाहेको काममा अहिलेदेखि नै मन लगाएर मात्र गरेमा एक सफल व्यक्ति बन्न सकिने उहाँले सल्लाह समेत दिनुभयो । त्यसैगरि कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पुष्पा बोहराले किशोरीहरूको लागि पनि उनिहरूले गर्न सक्ने चेतनामूलक कार्यको लागि बजेट छुट्याइने, प्रत्येक बर्ष किशोरीहरूलाइ जीवनोपयोगी तालिम मार्फत सुसूचित गराइने जनाउनु भयो । कार्यक्रम समापनको क्रममा प्रमुख प्रशासकीय अधिकृत हरिजंग चन्दले तालिममा सहभागि १ किशोरीले विद्यालय, समाज र घरमा अाफुजस्तै अरू १० किशोरीलाइ सिकाउने छन भनेर विश्वास प्रकट गर्नुभयो । ७ दिन सम्म चलेको तालिममा अात्मविश्वास, प्रभावकारी संचार, अन्तरव्यक्ति सम्वन्ध, संवेगात्मक नियन्त्रण, तनावको व्यवस्थापन, सिर्जनात्मक सोचाइ , किशोर अवस्थामा हुने शारिरीक, मानसिक तथा संवेगात्मक परिवर्तन बारे सिकाइएकाे थियो । साथै बालविवाह गर्दाका समस्या, यसको न्यूनिकरण, महिनावरी हुदाका समस्या र समाधानहरू लगाएत विविध विषयमा पनि सिकाइएकाे थियो । तालिम पश्चात् अाफुहरूमा सिर्जनात्मक विकास तथा अात्मविश्वासमा सकारात्मक परिवर्तन अाएको सहभागी किशोरीले मन्तब्य राखेका थिय । तालिमको सहजिकरण सहायक महिला विकास निरिक्षक विमला खत्रीले गर्नुभएको थियो ।

--भिम भण्डारी
सूचना प्रविधि अधिकृत

आर्थिक वर्ष: