FAQs Complain Problems

सिद्ध कुमाख गाउँपालिकामा ३०४ जनाको RDT परिक्षण

सिद्ध कुमाख गाउँपालिकामा गएको जेठ २० गते क्वारेन्टाइनमा वसेका १७० जनाको स्वाव संकलन गरी PCR परिक्षणको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पठाइएको थियो । त्यसैगरी जेठ २८ गते पुण क्वारेन्टाइनमा थपिएका १२८ जनाको स्वाव संकलन गरी परिक्षणको लागि सुर्खेत पठाइएको थियो ।यसरी जेठ ८ गतेदेखि विभिन्न मितिमा गाउँपालिकामा भित्रिएका नागरिकहरु झण्डै ३ हप्ता वितिसक्दा पनि घर जाने वातावरण नभएपछि क्वारेन्टाइनमा वसेका व्यक्तिहरुबाट गुनासो आउन थालेपछि RDT गर्ने निर्णय भएको थियो । PCR परिक्षणको रिपोर्ट २ हप्ता वितिसक्दा पनि आउने कुनै टुङ्गो नभएपछि जिल्ला स्वास्थ्य कार्यालय सल्यानको प्राविधिक सहयोगमा ३०४ जनाको RDT परिक्षण गरी RDT रिर्पोटकै भरमा घर पठाइएको हो । जसमा २४९ जना भारतबाट आएका र ५५ जना जिल्ला बाहिरबाट भित्रिएका नागरिक रहेका छन । भारतबाट आएका २ जनाको भने क्वारेन्टाइन बसेको समय १४ दिन नपुगेको हुदाँ निराजन माविको क्वारेन्टाइनमा राखिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको होम क्वारेन्टाइन सम्झौता पत्र बमोजिम RDT नेगेटिभ देखिएका ३०४ जना सवैजनालाई सम्झौतामा रहेका शर्तहरु पालना गर्नेगरी घर पठाइएको हो । PCR रिपोर्टको लागि स्वाव पठाए देखि फ्लोअप गर्दै आएको र भोली -भोली भन्दै रिपोर्ट आउन ढिला भएपछि RDT परिक्षणलाई विकल्पको रुपमा लिइएको गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले जनाउनुभयो । RDT परिक्षणमा कोरोना नेगेटिभ देखिएपनि अझै एक हप्ता सम्म घरमा गएर सेल्फ क्वारेन्टाइनमा वसिदिन र PCR परिक्षणको रिपोर्ट आएपछि मात्र सामान्य जीवनमा फर्किन उहाँले आग्रह गर्नुभएको छ । होम क्वारेन्टाइनमा वस्दा स्वास्थ्य सम्वन्धि कुनै पनि समस्या देखियो भने सम्वन्धित निकायमा तत्काल सम्पर्क गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र उच्च मनोवल राखेर घरमै वस्न सकिने स्वास्थ्यकर्मीहरुले घर फर्किएका सवैलाई सल्लाह दिएका थिए । होम क्वारेन्टाइनमा गएका सवैलाई सावुन, स्यानीजाइजर, मास्क, जिवनजल लगाएका सरसफाइका सामग्रीहरु हस्तान्तर गरिएको थियो ।

-भिम भण्डारी
सूचना प्रविधि अधिकृत
मितिः २०७७/०२/०१

आर्थिक वर्ष: